दफा ७
कार्यकारी निर्देशक
७. कार्यकारी निर्देशकः
(१) नेपाल सरकारले समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशक नियुक्ति गर्न सक्नेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि बढीमा चार बर्षको हुनेछ ।
(३) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धी व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ ।